ट्रेण्डिङ

होमपेज / राजनीति

प्रचण्डले भने-नेकपामा रहँदा मर्ने कि लड्ने अवस्थामा पुगेको थिएँ

नेपालगाथा २०७८ आश्विन १४ गते बिहीबार १८:१६:१३ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन नेकपामा बस्दा आफू मर्ने कि फेरि लड्ने अवस्थामा पुगेको बताएका छन् ।

उनले अझै लडिराख्ने कि आत्महत्या गर्ने भन्नेबारे समेत सोच्नु परेको विवादास्पद लाग्ने टिप्पणी गरे ।यद्यपि आफूले पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको र त्यसमा विजयी भएको उनको भनाइ छ ।

अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले साविकको नेकपामा निरंकुश र प्रतिगामी प्रवृत्तिसँग संघर्ष गर्दा फेरि लड्ने कि सकिएन यत्ति रहेछ भनेर छोड्ने भन्ने प्रश्न आएको बताए ।“बालुबाटारमा ओलीको हर्कतले आफू मर्नु कि फेरि संघर्ष गर्नुभन्ने स्थितिमा पुगेँ,” उनले भने, “यत्रो जनयुद्ध गरेर आत्मासमर्पण गर्न सकिन्न तर कि त मैले आत्मसमर्पण गर्नुपर्थ्यो कि त सुसाइट गर्नुपर्ने अवस्था आएको थियो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top