होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन भोलिदेखि सुरू हुँदैछ ।
एमालेले भोलिदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।बिहीबार एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गरी पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
जस अनुसार उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने छन्।
खिमलाल भट्टराईले शुक्रबार १२ बजेर १५ मिनेटमा अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिए । उनले उद्घाटनपछि तीनवटा प्रस्ताव पेस गर्ने र दोस्रो दिन (१६ असोज) समूहगत छलफल गरिने कार्यक्रम रहेको बताए ।