ट्रेण्डिङ

होमपेज / राजनीति

देशघाती एमसीसी सम्झौताको खारेजी माग गर्दै

नेपाल मजदुर किसान पार्टी

नेपालगाथा २०७८ आश्विन १३ गते बुधबार १७:१२:५० मा प्रकाशित

कोहलर । देशघाती एमसीसी सम्झौताको खारेजी माग गर्दै नेपाल मजदुर किसान पार्टीले बुधबार कोहलपुरमा विरोधसभा गरेको छ । नेमकिपा, कोहलपुर नगर समितिले कोहलपुरको न्युरोडचोकमा आयोजित कोणसभामा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले संरा अमेरिकाको हिन्द–प्रशान्त सैन्य रणनीति अन्तर्गत अगाडि सारिएको एमसीसी सम्झौताले नेपाललाई संरा अमेरिकाको उपनिवेश बनाउने धारणा राख्नुभयो । नेपालमा अमेरिकी सेना तैनाथ गर्ने षड्यन्त्रविरुद्ध नेमकिपाले सडकजदेखि संसद्सम्म सङ्घर्ष गरिरहेको भन्दै गाउ“सहरबाट जनता आन्दोलनमा उत्रिनुपर्ने विचार राख्नुभयो ।

उहा“ले कुनै पनि बेला एससीसी सम्झौता संसद्बाट पारित गर्न शासक दलहरू लागिरहेको भन्दै जनताको खबरदारी तथा दबाब कायम राख्नुपर्ने बताउनुभयो । ईष्ट इन्डिया कम्पनीले व्यापारको नाममा भारतलाई दुईसय वर्षसम्म उपनिवेश बनाएको उदाहरण राख्दै केन्द्रीय सदस्य गोसाईले अमेरिकी निगमले नेपाललाई उपपनिवेश बनाउन खोजेको भनाइ राख्नुभयोे । अमेरिकालाई अफगानस्तानमाथि हमला गर्न हवाईजहाजमा तेल भर्न नेपाली भूमि प्रयोग गर्न सहमति गर्ने नेकाको देउवा सरकार जसरी पनि एमसीसी सम्झौता पारित गर्न लागेको बताउनुभयो ।

एमसीसी सम्झौता संशोधन गरी पारित गर्ने शासक दलहरूको नियत सफा नभएको भन्दै गलत उद्देश्यबाट आएको परियोजना खारेज नै हुनुपर्ने उहा“को थियो । कोणसभामा नेमकिपा बा“केको दोस्रो जिल्ला सम्मेलन तयारी समितिको संयोजक बखत थापाले नेपाली जनताले भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्नु आवश्यक छ भन्नुभयो । उहा“ले विदेशी दलाल तथा देशघातीहरूलाई नेपाल जनताले सडकमा ल्याएर कार्यबाही गर्ने धारणा राख्नुभयो ।

कोणसभामा नेक्राविसङ्घका केन्द्रीय संयोजक प्रकाश गुरुङ, नेमकिपा कोहलपुर नगर समिति अध्यक्ष अन्जीर शाही र नेमकिपा बा“के दोस्रो जिल्ला सम्मेलन तयारी समितिका सदस्य नविन शाहीले भ्रष्टाचार नियन्त्रण र ठूला पुजीपतिहरूबाट बक्यौता कर असुली गरेमात्र पनि देशमा ठूला परियोजनामा लगानी गर्न सकिने तर्क गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top