होमपेज / राजनीति
जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएका छन् । प्रमुख सत्तारुढ दल जसपा विभाजन भएका कारण मुख्यमन्त्री राउतले विश्वासको मल लिन लागेका हुन् ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन २० असोजमा बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । अधिवेशन सुरु भएकै दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने भएका हुन् । आफू आवद्ध जनता समाजवादी पार्टी विभाजित भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।