होमपेज / राजनीति
काठमाडौं । मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित कार्यक्रममा सम्पादकहरूसँग निकै बेर कुराकानी गरे । ओलीले सञ्चार माध्यमले खबरदारी नगरे सरकार ठिक ठाउँमा नबस्ने बताएका छन् ।
उनले विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा मंगलबार यस्तो बताएका हुन् ।उनले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमले खबरदारी नगरेको गुनासो पनि गरे ।उनले सम्पादकहरुसँग भने, ‘सरकारलाई खबरदारी गरिएन भने लापरवाही हुने रहेछ । जुन अहिले सरकारमा देखिएको छ । यसबारे हामी मौन बस्न हुन्न । खबरदारी गर्नेपर्ने रहेछ । खबरदारी पुगेन कि जस्तो लाग्छ । संविधानको मतलब छैन, कानुनको मतलब छैन ।’
ओलीले दल विभाजनका लागि ल्याएको अध्यादेश पनि संविधानको मर्मविपरीत हुँदा पनि सञ्चारमाध्यम चुप लागेर बसेको बताए ।