ट्रेण्डिङ

होमपेज / राजनीति

दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै आज मन्त्री मन्त्रिपरिषद्ले पूर्णता पाउँदै

नेपालगाथा २०७८ आश्विन १२ गते मंगलबार ११:२८:४६ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएसँगै देउवाले सरकारलाई पूर्णता दिनेबारे गृहकार्य थालेका हुन् । प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग बारम्बार यसविषय छलफल गरिसकेका छन् । दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउने निश्चित देखिएको छ ।

यसैगरी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता सामजवादीले ६–६ वटा मन्त्रालय लिने सहमति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संसोधन) २०७८ खारेज गरेकी छिन् । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश खारेजीको लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top