होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्ने कार्यदलको संयोजक उपाध्यक्ष भीम रावललाई बनाएको छ ।
स्थायी कमिटीको सोमबार बसेको बैठकले शंकर पोखरेललाई कार्यदलमा थप गरेको छ भने रावललाई संयोजक तोकिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।“अध्यक्ष कमरेडको निर्देशनमा कार्यदलको संयोजकमा भीम रावल कमरेडलाई तोकिएको छ । कार्यदलमा ६ जना हुनुहुन्थ्यो । त्यसमा एक जना थपेर ७ जना बनाइएको छ । कमरेड शंकर पोखरेललाई पनि थपिएको छ ।कार्यदलको बैठक रावल कमरेडले भोलि नै बोलाउनुभएको छ,” उनले भने ।
१० बुँदे कार्यान्वयन गर्ने सहमतिपछि एमालेमै बसेका नेताहरु समेत सहभागी ८ भदौको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल बनाएको थियो ।