ट्रेण्डिङ

होमपेज / राजनीति

एमाले केन्द्रीय कमिटी बैठक : ३ वटा प्रतिवेदन पारित गर्दै सकियो

नेपालगाथा २०७८ आश्विन १० गते आइतबार १८:१७:३२ मा प्रकाशित

काठामडौँ ।  नेकपा एमाले विधान महाधिवेशनमा पेस गर्ने तीनवटा प्रतिवेदन पारित गरेको छ । 

 शुक्रबार सुरु भएको बैठक आइतबार तीनवटा प्रतिवेदन पारित गर्दै सकिएको हो ।प्रचार विभाग प्रमुख तथा सचिव योगेश भट्टराईका अनुसार बैठकले ती प्रतिवेदनहरू समीक्षा र सुझावसहित पारित गरेको हो । ती प्रतिवेदनहरूबारे विधान महाधिवेशनका प्रतिनिधिकाबीच फेरि छलफल गरिनेछ ।

तीनवटै प्रतिवेदनमाथि १० वटा समूह बनाएर शनिबार छलफल भएको थियो । सो छलफलमा आएका सुझाब तथा प्रश्नबारे अध्यक्ष ओलीलगायत प्रतिवेदन प्रस्तुतकर्ता नेताले जवाफ दिएका थिए । जवाफ दिनेक्रममा अध्यक्ष ओलीले संसद विघटन ठिक रहेको भन्दै बचाउ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top