ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस नेतृत्त्वले कहिल्यै विधिमा चल्नु नपर्ने ?:गगन थापा

नेपालगाथा २०७८ आश्विन ८ गते शुक्रबार १८:०९:०७ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी नेतृत्त्वका विषयमा गम्भीर प्रश्न उठाएका छन् ।

कांग्रेस महाधिवेशन सार्ने विषयले पदाधिकारी बैठकमा प्रवेश पाएको तर्फ संकेत गर्दै थापाले नेतृत्वमा बस्नेले कहिल्यै विधिमा चल्नुनपर्ने र बेथितिको जिम्मा लिनु नपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका हुन् ।

“कति सजिलै सर्छ अधिवेशनको मिति ! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन,” थापाले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, “कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा वस्नु नपर्ने, वेथितिको जिम्मा लिनै नपर्ने ।”उनले नेताहरुले आदेश दिए पुग्ने कार्यकर्ताले आदेश कुरेर बस्नुपर्ने भन्दै यस्तो अवस्था अन्त्यबारे सोच्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गरेका छन् । “बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने !,” थापाले प्रश्न गरेका छन्, “अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

Top