ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

नेपालगाथा २०७८ आश्विन ८ गते शुक्रबार १०:२३:१२ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। बैठक आज बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको तामाङले बताए।

केन्द्रीय कमिटी बैठक शनिबारसम्म चल्ने उनको भनाइ छ।  एमालेले यही असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्दैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top