ट्रेण्डिङ

होमपेज / राजनीति

ओली प्रवृत्ति विचारको हिसाबले कम्युनिस्ट होइन, माक्सवादी होइन, यो सामन्ती हिन्दू अतिवादी हो:प्रचण्ड

नेपालगाथा २०७८ आश्विन ७ गते बिहीबार १८:१६:४४ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओली विचारको हिसाबले मार्क्सवादी र कम्युनिष्ट नभएको आरोप लगाएका छन्।

चण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सामन्ती हिन्दू अतिवादी भएको आरोप लगाएका छन् ।विहीबार काभ्रेको पाँचखालमा आयोजित वाईसीएलको भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई ‘सामन्ती हिन्दू अतिवादी’ को संज्ञा दिए ।‘तपाईंहरुले देख्नुभयो मैले १९ पृष्ठ लामो केपी प्रवृत्ति भनेको के हो भन्ने लेखेँ,’ प्रचण्डले भने, ‘विचारको हिसाबले यो मार्क्सवादी होइन, कम्युनिष्ट होइन । यो सामन्ती हिन्दू अतिवादी हो ।’

 ‘ओली प्रवृत्ति विचारको हिसाबले कम्युनिस्ट होइन, माक्सवादी होइन, यो सामन्ती हिन्दू अतिवादी हो, (पशुपतिनाथमा) जलहरी चढाएको त सुन्नुभयो होला । मेरो निर्वाचन क्षेत्रमा राम सीता हनुमान राखिदिएको छ । … कम्युनिस्टले यस्तो काम गर्छ त ?’ओली प्रवृत्तिबारे आफूले तत्कालीन नेकपामा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेको भन्दै प्रचण्डले भने।

प्रचण्डले वाईसीएललाई जाग्न र २०६४ सालको अवस्थामा सक्रिय हुन निर्देशन दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top