ट्रेण्डिङ

होमपेज / राजनीति

सिस्नुजस्तो सरकार छ, जता छोयो त्यतै पोल्ने-ओली

नेपालगाथा २०७८ आश्विन ७ गते बिहीबार १८:०९:०६ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई सिस्नुसँग तुलना गरेका छन् । 

अध्यक्ष ओलीले बिहीबार उपत्यका विशेष कमिटीले काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकार सिस्नो जस्तै भएको बताएका हुन् । ‘सरकार सिस्तो जस्तै छ, जता छोयो त्यतै पोल्छ । आउँदो चुनावसम्म यसलाई तातोपानी लगाएर ठीक पार्नुपर्छ नत्र पोलिरहने भयो,’ उनले भने । 

आफ्नो नेतृत्वको सरकार थप दुई वर्ष टिकेको भए अन्य पार्टीहरुको ‘सटर बन्द हुने’ दावी उनले गरे ।‘हाम्रो सरकार बाँकी दुई वर्ष टिकेको भए धेरै राजनीतिक दलका सर्टर बन्द हुन्थे । त्यही भएर हामीलाई हटाइयो,’ उनले भने ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top