ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिनिधि सभाको बैठक आज बस्दै

नेपालगाथा २०७८ आश्विन ७ गते बिहीबार ०९:४२:३४ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्ने भएको छ। बिहीबार दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ। आज आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायत सम्भावित कार्यसूची छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर प्रतिनिधि सभा बैठक अवरुद्ध गरिरहेको छ। एमालेको अवरोधबिच नै सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएर पारितसमेत गरिसकेको छ। एमालेले आफूहरूले कारबाही गरेका सांसदको सूची सभामुख अग्निप्रसाद सापकोटाले टाँस नगरेर पार्टी विभाजन गर्न भूमिका खेलेको आरोप लगाउँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top