ट्रेण्डिङ

होमपेज / राजनीति

दल विभाजन गर्ने अध्यादेश प्रतिस्थापन हुँदै,भोलि मन्त्रिपरिषद् विस्तार

नेपालगाथा २०७८ आश्विन ६ गते बुधबार १९:११:५२ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले भोलि (बिहीबार) मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

सरकारले राजनीतिक दल विभाजन गर्न ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न अर्को विधेयक ल्याउने भएको छ ।२० प्रतिशतले दल विभाजन गर्न पाउने अध्यादेश कायमै राख्दा सत्तारुढ दलहरु नै फुट्ने देखिएपछि प्रतिस्थापन विधेयक ल्याउन लागिएको हो ।प्रवक्ता महराले केही बेरमा सत्ता गठबन्धनको बैठक बस्न लागेको भन्दै बिहीबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए ।

“अहिले केही बेरमा गठबन्धनका नेताहरू बस्दै हुनुहुन्छ, त्यो बैठकले सरकार सञ्चालन निर्देशिका पारित गर्नेछ,” उनले भने, “त्यसपछि भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ ।”उनले राजनीतिक दलसम्बन्धी अध्यादेशका विषयमा पनि गठबन्धनका नेताहरूले नै निर्णय लिने जानकारी दिए । “अध्यादेश खारेजीको कुरा आइरहेको छ, भोलि नै पार्लियामेन्ट छ, त्यहाँ प्रतिस्थापन विधेयक पनि जानसक्छ,” महराले भने, “त्यसपछि विधेयक विषयमा सबै दलको राय समान हुन्छ ।

बैठकले डोरप्रसदा पौडेललाई केन्द्रीय कार्यालय सचिवमा राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top