होमपेज / राजनीति
नेकपा एकीकृत समाजवादीले बिहीबार पार्टीको महासचिव टुंगो लगाउने भएको छ ।
अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदन संशोधनसहित पास गरेसँगै केन्द्रीय कमिटी बैठक अरु एजेण्डामा प्रवेश गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बुधबार बसेको केन्द्रीय कमिटी बैठकले महासचिव तथा पोलिटब्युरोलाई बिहीबार टुंगोमा पुर्याउने निर्णय गरेको जानकारी दिए ।
'बिहीबारको बैठकले महासचिवको र पोलिटब्युरोलाई टुंगो लगाउने छ,' खतिवडाले भने । बैठकमा अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादलाई परिस्कृत गर्दै एकीकृत समाजवादी अघि बढ्ने बताएका छन् । 'जबजलाई एमालेले जस्तो बेदपुराण हामी बनाउनेछैनौँ । त्यसलाई विकसित गर्दै समृद्धि र समाजवादको लक्ष्यमा अघि बढ्छौँ,' उनले भने ।
बैठकले पार्टीको मुखपत्र ‘समाजवाद’ प्रकाशित गर्ने र चुनाव चिह्न पनि छिट्टै टुंगो लगाउने निर्णय गरेको नेता खतिवडाले बताए ।