ट्रेण्डिङ

होमपेज / राजनीति

काठमाडौंमा बस्ने मेरो निजी घर समेत छैन-गच्छदार

नेपालगाथा २०७८ आश्विन ६ गते बुधबार १५:४३:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारले राष्ट्रलाई हानी पुग्ने र आफूलाई मात्र लाभ हुन गरी कुनै गैरकानूनी काम नगरेको दावी गरेका छन्।

ललिता निवास प्रकरणमा मुछिएको झण्डै डेढ वर्षपछि सार्वजनिक कार्यक्रममा बुधबार पहिलो पटक उपस्थित भएका गच्छदारले काठमाडौंमा बस्न आफ्नो निजी निवास पनि नभएको बताएका हुन् ।  आज पत्रकारहरूमाझ कुरा गर्दै गच्छदारले काठमाडौंमा आफू भाडाको घरमा बसिरहेको बताए ।

उनले भने, ‘यति लामो समय मन्त्री भएको नेताको काठमाडौंमा बास बस्ने आफ्नो निजी निवास पनि नभएको र भाडाको घरमा बसिरहेको कुरा सुन्दा यहाँहरूलाई आश्चर्य पनि लाग्न सक्ला तर यथार्थ यही हो ।’उपसभापति गच्छदारले मन्त्री र उपप्रधानमन्त्री पटक–पटक भए पनि आफूले कानुनले दिएको सुविधाबाहेक नियमविपरीत कुनै लाभ नलिएको दाबी गरे  । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top