ट्रेण्डिङ

होमपेज / राजनीति

ललिता निवास जग्गा प्रकरणमा गच्छदारको धारणा:‘प्रतिशोध साँध्न मुद्दा चलाइयो’

नेपालगाथा २०७८ आश्विन ६ गते बुधबार १४:३८:२५ मा प्रकाशित

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणबारे नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छन् ।

गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।बुधबार पत्रकार सम्मेलन गरी उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा झुट्टा मुद्दा लगाएको बताए ।

बुधबार पत्रकार सम्मेलन गरी बालुवाटार जग्गा प्रकरणबारे गच्छदारले आफूमाथि सुनियोजित रुपमा प्रहार गरिएको पनि बताएका छन्। उनले भने, ‘ललिता निवासमा मलाई राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाइयो। मेरो ५० वर्ष लामो राजनीतिक जीवन समाप्त गर्ने खेलमा अख्तियार प्रयोग भयो भन्नुपर्दा अतिशयोक्ति हुँदैन।’

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेसम्बन्धी प्रस्ताव तत्कालिन भौतिक पूर्वाधारमन्त्री गच्छदारले मन्त्रिपरिषदमा लगेको अख्तियारको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top