होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ लिएका छन् ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।मंगलबार बसेको सत्तारूढ गठबन्धन बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको थियो । गठबन्धनमा आबद्ध दलहरूले डा. खड्काको विषयमा सहमति जनाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेका हुन् ।
मन्त्री खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम छ ।