होमपेज / राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार रहेको भन्दै केपी ओली नेतृत्वको एमालेले दक्षिणपन्थी धारको नेतृत्व गरेको ठम्याएको छ ।
एकीकृत समाजवादीले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म टिकाइराख्नु पर्नेमा जोड दिएको छ ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संगठनमा युवाहरूलाई पार्टीका हरेक कमिटीमा उचित जिम्मेवारी दिने बताएका छन् ।
“संगठनका क्षेत्रमा युवाहरूलाई अगाडि बढाउन अग्रजलाई सम्मान युवालाई कार्यकारी जिम्मा’ नारा तय गरी कार्यान्वयन गर्न स्थानीय तहसम्म वरिष्ठ कम्युनिस्ट परिषद् गठनगरी अभिभावकत्व र कार्य सम्पादनको व्यवस्थित प्रणाली निर्माण गरिनेछ,” प्रतिवेदनमा भनिएको छ, “पार्टीका हरेक कमिटीमा उल्लेख्य संख्यामा युवाहरूलाई राखिने छ । प्रत्येक तहमा जिम्मेवारी दिने, कामको मुल्याकंन गर्ने र पदोन्नति गर्ने वैज्ञानिक पद्धतिको निर्माण गरी अबलम्बन गरिने छ ।”अध्यक्ष नेपालले पार्टीलाई उत्पादनसँग जोडिने बताएका छन् ।
यो गठबन्धनलाई प्रतिनिधिसभाको पूर्ण कार्यकाल जोगाएर चुनावसम्म लैजानुपर्ने प्रस्ताव नेपालको छ ।