होमपेज / राजनीति
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुख विरुद्ध दर्ता गरेको रिटमाथि सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरेको छ ।
नेकपा एमाले अध्यक्ष ओलीले सभामुख अग्नी सापकोटा र निर्वाचन आयोगविरूद्ध दिएको रिट दिएका थिए। न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले मंगलबार सुनुवाइ गर्दै अन्तरिम आदेश नदिएको हो ।
सर्वोच्चले दल त्याग सम्बन्धी ९ भदौमा निर्वाचन आयोगबाट भएको निर्णयको सक्कल फाइल मगाएको हो । आदेशमा भनिएको छ, 'रिट निवेदनमा उल्लेखित दल त्याग सम्बन्धी निर्वाचन आयोगबाट मिति २०७८/५/९ मा भएको निर्णय सम्बन्धी सक्लक फाइल निर्वाचन आयोगबाट झिकाउनु।'