होमपेज / राजनीति
काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा गर्न प्रमुख प्रतिपक्ष एमालेले माग गरेको छ ।
मंगलबार राष्ट्रियसभामा समय लिएर उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसद श्रेष्ठले बैठक अवरुद्ध गर्ने क्रममा भने, 'कुर्सीको गरिमा जोगाउनुपर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो भनेको राजीनामा हो ।'गैर सांसदलाई सदनमा बस्न अनुमति सभामुखले दिएको भन्दै सडकदेखि सदनसम्म प्रश्न उठेको सांसद श्रेष्ठको भनाइ छ । 'सडकदेखि सदनसम्म कुरा उठिरहेको छ, गैरसांसदहरूलाई सदनमा राखिएको छ । त्यो गर्दा सदनको संविधानको रक्षा भयो कि भएन ? संविधानले व्यवस्था गरेअनुरुप भयो कि भएन ?'