होमपेज / राजनीति
काठमाडौँ– नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मका सबै कमिटीको नेतृत्व निर्वाचनबाट चयन गर्ने कार्यविधि बनाएको छ ।
माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधिबनाएको हो। नयाँ कार्यविधिअनुसार अब माओवादी केन्द्रको वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत नेतृत्व चयन हुने केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए ।
तल्ला कमिटीका सम्मेलन राष्ट्रिय सम्मेलनअघि नै सकिएर नेतृत्व चयन हुनेछ।निर्वाचन कार्यविधिमा पार्टी अध्यक्ष र पदाधिकारीको चयन पनि निर्वाचनबाटै गर्ने उल्लेख छ ।माओवादी केन्द्रीय कार्यालय इञ्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरूमा निर्वाचनमार्फत् नेतृत्व चयन हुने जानकारी दिए।माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ ।