होमपेज / राजनीति
पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘लोभी बाहुन’ भएको टिप्पणी गरेका छन् ।
पोखरामा पत्रकारहरूसँग कुरा गर्दै नेता बास्कोटाले भने,,‘विद्रोह गर्नेले छोड्नुपर्थ्यो ।माधव नेपालले हामी एमाले होइनौँ भनेर पद छोडेर अर्को पार्टी बनाएको भए सलाम नै गर्थेँ । मान्छे विद्रोही नै रहेछ उमेर ७० भए पनि भन्थेँ । यो त लोभी बाहुन हो । २२ जनासमेत नछोड्ने, अदालत जाने अनि एमालेलाई गाली गर्ने ?’
चुनाव भएपछि माधव नेपालको अस्तित्व सकिने उनको भनाइ थियो । नेता बास्कोटाले भने, ‘माधव नेपालको पार्टीको अस्तित्व घाम नझुल्किदासम्मको शीत जस्तो हो, घाम झुल्किएपछि सकिन्छ ।’