होमपेज / राजनीति
काठमाडौं । प्रतिनिधिसभामा पारित विनियोजन विधेयक २०७८ राष्ट्रियसभामा पनि टेबल भएको छ ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुको विरोधका बिच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष पेश गरेका हुन् ।
एमाले सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभाका एमालेबाट निर्वाचित १४ सांसदलाई सभामुखले पदमुक्त भएको सूचना नटाँसेसम्म विरोध जारी रहने बताएका थिए ।