होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूहरुलाई पेलेको प्रतिक्रिया दिएका छन् ।
विरोधबीच नै बजेट पारित भएपछि एमाले अध्यक्ष ओलीले 'कहिलेसम्म पेल्दा रहेछन् हेरौं' भन्ने प्रतिक्रिया दिएका छन्।सोमबार प्रतिनिधिसभाबाट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को नाराबाजीका बीच बजेट विनियाेजन विधेयक बहुमतले पारित गरिएकाे छ । त्यसपछि संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुले ओलीलाई सरकारले पेलेरै विधेयक पारित गर्यो नि ? भनेर गरेको प्रश्नमा उनले भने, ‘पेलुन् न पेलुन्, कतिसम्म पेल्छन् !’
पार्टीले कारबाही गरेका सांसदहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले सूचना टाँस नगरेको र पार्टी विभाजनमा भूमिका खेलेको आरोप एमालेले सभामुखमाथि लगाइरहेको छ।सभामुखले भने यो मुद्दा सर्वोच्चमा रहेकोले संसदमा छलफल नहुने प्रतिक्रिया दिइरहेका छन्।