ट्रेण्डिङ

होमपेज / राजनीति

एमालेले भन्याे-न्याय नपाउँदासम्म संसद अवरोध जारी रहन्छ

नेपालगाथा २०७८ आश्विन ४ गते सोमबार १४:५५:३५ मा प्रकाशित

 काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदमा सांकेतिक विरोध मात्रै गरिएको बताएका छन् ।

एमालेका मुख्य सचेतक विशाल भट्टराईले आजको संसद् बैठकपछि आफूहरुले सांकेतिक अवरोध गरिरहेको बताए । 

“संसद्मा प्रस्तुत् भएका विजनेश वा एजेन्डाभन्दा पनि सभामुखको कार्यशैली, सभामुखले एमालेमाथि गरेको विभेदका कारण संसदमा आन्दोलनमा छौं । उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म र त्यो घटनामा नेकपा एमालेले गरेको अन्यायलाई जबसम्म न्याय गर्नुहुन्न हाम्रो आन्दोलन जारी नै रहन्छ,” उनले भने ।

दल विभाजनमा सभामुखले भूमिका खेलेको र एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर अन्याय गरेको भन्दै न्याय नपाएसम्म विरोध जारी रहने भट्टराईले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top