होमपेज / राजनीति
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा उमेदवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो उमेदवारीका विषयमा अवधारणापत्र सार्वजनिक गरेका छन् ।
गृह जिल्ला झापामा आयोजित कार्यक्रमबीच शर्माले ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ विषयक अवधारणा सार्वजनिक गरेका हुन् । जसमा उनले समग्र राजनीतिबारे आफ्ना धारणा र प्रस्ताव प्रस्तुत गरेका छन् ।
उनले राजनीतिलाई अन्य सबै नीतिको मूल नीति भन्दै मूल सङ्लो बनाएर सबै क्षेत्रमा सुधार ल्याउने बताएका छन् ।शर्माले आफ्नो पुस्तालाई प्रस्ताव भन्दै ‘वान, टु , थ्री फोर’ सूत्रससहित शासन संस्कार पद्धती अघि सारेका छन् ।
शर्माले सात पृष्ठ लामो अवधारणामा संविधान बनाउनेले संविधानप्रति इमान राख्नुपर्ने, राजनीतिक अव्यवस्था अन्त्य गर्नुपर्ने , साझा परराष्ट्र नीति हुनुपर्ने, लोकतान्त्रिक संस्थाहरूको विश्वसनीयता बढाउनुपर्ने, न्यायको तीव्र अनुभूति गराइनुपर्ने, राजनीतिकर्मीहरू स्वावलम्बी हुनुपर्नेलगायतका प्रस्ताव उल्लेख छन् ।उनले पार्टीभित्र ‘३ दिन पार्टीका लागि, चार दिन रोटीका लागि’ भन्ने नारासमेत अघि सारेका छन् ।
राजनीतिक दलहरूले राजनीतिक परिवर्तनमा योगदान गरेको भन्दै अब दलभित्रबाट राजनीतिमा परिवर्तन जरुरी रहेको बताएका छन् ।