ट्रेण्डिङ

होमपेज / राजनीति

हामीमाथि संविधान जारी गर्न खोज्दा भौतिक आक्रमण भए :ओली

नेपालगाथा २०७८ आश्विन ३ गते आइतबार १४:५८:२४ मा प्रकाशित

काठमाडौं । कांग्रेस-माओवादीजस्ता दलहरू लकपकाएर खुट्टा कमाएका बेला एमालेको नेतृत्वमा संविधान बनेको भन्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यसको रक्षाका लागि पनि एमालेले नै अगुवाइ गर्ने बताएका छन् ।

अध्यक्ष ओलीले संविधान दिवसका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा संविधान जारी गर्ने पहल लिँदा आफूमाथि संविधानसभामै माइकले हान्नेदेखि भौतिक हमलाको प्रयास भएको स्मरण गरे ।

 ‘हामीमाथि संविधान जारी गर्न खोज्दा भौतिक आक्रमण भए । माइकले हाने । सबै झेलेर संविधान जारी गराइयो, त्यसवापत नाकाबन्दी भयो त्यसको पनि डटेर, राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिएर कुनै सम्झौता नगरी संविधानको रक्षा गरेर अघि बढ्यौं । मलाई गर्व छ त्यसको नेतृत्व नेकपा एमालेले गर्‍यो ।’ओलीले भने ।

ओलीले संविधान संशोधन गर्छु भन्दै विदेशमा गएर सम्झौता गर्ने प्रवृत्ति नेपालकै कतिपय नेताले देखाएको भन्दै शेरबहादुर देउवाप्रति कटाक्ष गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top