ट्रेण्डिङ

होमपेज / राजनीति

रामकुमारी झाँक्रीले भनिन-भगौडा जर्नेल’हरुलाई कमान्डर मान्न सकिँदैन

नेपालगाथा २०७८ आश्विन २ गते शनिबार १६:५५:५६ मा प्रकाशित

 काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँकीले अध्यक्ष माधव नेपाललाई छाडेका गएका एमाले नेताहरूलाई युद्धबाट भागेका जर्नेल-कर्णेलको संज्ञा दिएकी छन्।

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रममा नेता झाँक्रीले दोबाटोमा बसेर यसो पानी छाम्दै गरेकाहरुलाई हेरेर पार्टी नबन्ने बताइन् । ‘जब युद्धबाट भागेका जर्नेल जर्नेलहरुलाई ल्याएर फेरि सिपाहीहरुले कमाण्डर भन्छ भने त्यो कमजोर सिपाही हो,’ उनले भनिन्, ‘तपाईं युद्धबाट भागेका, युद्ध अपराधी जस्ता मान्छेहरुलाई आज पनि नेता मान्न प्रतीक्षा गर्नुहुन्छ ? म चाहिँ मञ्जुर छैन । संकटको बेलामा पिठ्यूँ फर्काएर भाग्नेहरुलाई किमार्थ माफी गर्नुहुन्न ।’

अब पार्टी आफैंले बनाउनुपर्ने भन्दै साथ छाडेका नेताहरूलाई माफी गर्नु नहुने उनको भनाइ छ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top