ट्रेण्डिङ

होमपेज / राजनीति

सभापतिको उम्मेदवारीबाट पछाडि हट्दिनँ : नेता सिंह

नेपालगाथा २०७८ आश्विन २ गते शनिबार १५:०९:५५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवारीबाट  पछाडि नहट्ने बताएका छन्। गणेशमान सिंहको २५औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेता सिंहले सभापति देउवा इतर समूहबाट साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए । तर आफू सभापतिको उम्मेवारबाट पछि नहट्ने उनको भनाइ छ । इतर समूहमा सझा उम्मेदवारका लागि छलफल भइरहेको भए पनि निस्कर्ष ननिस्केको उनले बताए । तर आफू जिल्लादेखि केन्द्रसम्म अगाडि बढेको भन्दै सभापतिका लागि आफ्नो उम्मेदवारी उपयुक्त भएको बताए ।

‘साझा उम्मेदवारको सम्भावना अझै सकिएको छैन। त्यसका लागि निरन्तर छलफल भइरहेको छ,’ उनले भने, ‘१४औँ महाधिवेशनमा मेरो उम्मेदवारी सभापतिमा हुनेछ। सभापतिका उम्मेदवारीबाट म पछि हट्नेछैन ।’

नेता सिंहले गठबन्धनमा भएका दलहरूबीच कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भन्दै छिट्टै सरकारले पूर्णता पाउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top