होमपेज / राजनीति
काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको बन्दीपुरमा शुरु भएको छ ।
नेकपाको ११औँ केन्द्रीय कमिटी बैठक बन्दीपुर गाउँपालिकास्थित एक होटलमा हुन लागेको हो ।पाँच दिनसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपाल प्रेसलाई जानकारी दिए । फेरिएको परिस्थितिमा बैठकले नयाँ राजनीतिक लाइन तय गर्ने पनि उनले बताए ।विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति ६८ सदस्यीय छ ।
बैठककक्षमा पत्रकारलाई प्रवेश नदिइने र बैठक अवधिभर कुनै पनि केन्द्रीय सदस्यले पत्रकारसँग कुरा गर्न नपाइने व्यवस्था गरिएको एटमले जानकारी दिए ।