होमपेज / राजनीति
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती सरकारको नेतृत्वमा आफूहरूको दाबी रहेको बताएका छन् ।
आज नयाँबानेश्वर, आलोकनगरमा पार्टी केन्द्रीय कार्यालयको उद्घाटनपछि उनले सातैवटा प्रदेशको सरकारमा आफ्नो पार्टी सहभागी हुने पनि बताए ।‘प्रदेश सरकारमा पनि हाम्रो सहभागिता हुनेछ । त्यसका लागि हामीले प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्री दाबी गरेर छलफल चलाइरहेका छौँ,’ उनले भने ।
यस्तै, अध्यक्ष नेपालले सत्ता गठबन्धनलाई निर्वाचनसम्म कायम राखिने बताए । उनले अहिले कुनै पार्टीसँग एकता नहुने पनि प्रस्ट पारे ।सत्तारुढ गठबन्धनभित्र प्रदेश सरकारका विषयमा छलफल भए पनि नेतृत्वका विषयमा टुंगो नलागेको बताए । ‘गठबन्धनभित्र यो विषयमा छलफल भएको छ,’ उनले भने, ‘केन्द्रमा सरकारले पूर्णता पाएपछि प्रदेशको नेतृत्व टुंग्याउँछौँ ।’