ट्रेण्डिङ

होमपेज / राजनीति

धनगढी पुगेर भीम रावलले भने : सुदूरपश्चिमको इञ्चार्ज टुंगिएको छैन

नेपालगाथा २०७८ भाद्र ३१ गते बिहीबार १८:१७:४३ मा प्रकाशित

धनगढी । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको सुदूरपश्चिम प्रदेश इञ्चार्ज तोक्ने विषयमा निर्णय नभएको दाबी गरेका छन् ।

बिहीबार अछाममा एमाले जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले अध्यक्ष केपी शर्मा ओली निवासमा एमाले एकताको बिषयमा छलफल भएपनि सुदूरपश्चिम प्रदेशको इञ्चार्जको बिषय टुंगो लागिनसकेको बताए ।

‘अध्यक्ष कमरेडले मलाई सुदूरपश्चिममा तपाईलाई समस्या भए पार्टी उपाध्यक्षकै हैसियतमा संयोजन गर्नुस्,’ रावलले बालकोट वार्ता स्मरण गर्दै भने, ‘उहाँहरु (कर्ण थापा र लेखराज भट्ट) लाई परिचालन गर्नुस् । पालिकाबाट पनि समस्या समाधान गर्दै आउनुस् । विवाद भएको ठाउँमा हामी कुरा गरौँला ।’

एक वर्ष पछि गृह जिल्ला पुगेका रावलले १० बुँदे कार्यान्वयन गर्न आफू सहित थापा र भट्टलाई तोकेको भएपनि इञ्चार्जको बिषयमा ठोस कुरा नगरेको बताए । उक्त जिम्मा एक व्यक्तिमा नरहेको समेत उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top