ट्रेण्डिङ

होमपेज / राजनीति

फेरि पार्टी फुटाउन माधव नेपाल चाहियो ?

नेपालगाथा २०७८ भाद्र ३१ गते बिहीबार १६:३२:३९ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अब माधवकुमार नेपाल आवश्यक नभएको बताएका छन् । उनले पार्टीमा गुटबन्दीमात्र गरेको उनले बताए ।

 उनले आज काठमाडौं जिल्ला कमिटीको भेलामा नेपाल अब पार्टीमा किन आवश्यक भन्ने कुरा आफूले नबुझेको समेत बताए । “केही साथीहरु अहिले पनि भन्नुहुन्छ । माधव कामरेड आउनुुस् । तपाईँको आवश्यकता छ भनेर । फुटाउनलाई आवश्यकता छ उहाँको यहाँ ? फेरि पार्टी फुटाउने ? के गर्न आवश्यकता छ माधव कामरेडको म बुझदिन्,” उनले भने । 

अध्यक्ष ओलीले एमालेको भूमिका परिवर्तन भए पनि शक्ति परिवर्तन नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top