होमपेज / राजनीति
काठमाडौं । नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापाले एमाले नेपालका श्रमजीवीको पार्टी भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले एमाले नेकपाकै निरन्तरता भएको बताएका हुन् ।
नेकपा एमालेले बिहिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले एमाले जनता र श्रमजीवीको पार्टी पार्टी भएको भन्दै यसमा सबै जनताहरूको अग्रसरता हुने बताए।‘नेकपा एमाले, नेपाली सर्वहाराहरूको पार्टी हो, सारथी हो।बादलले पार्टीभित्रका दक्षिणपन्थी र अदालतको परमादेशका कारण एमाले सत्ताबाहिर जानु परे पनि वर्ग संघर्षको माध्यमबाट फेरि राज्यसत्तामा आइपुग्ने दावी गरेका छन् ।
‘हाम्रो लडाइँ दक्षिणपन्थी र अवसरवादीहरूसँग हो । त्यो लडाइँमा हामीले फेरि विजय हासिल गरेर तीनै तहका सरकारमा हामीले हाम्रो नेतृत्व स्थापित गर्छौं,’ उनले भने ।