होमपेज / राजनीति
काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको नेकपा एमाले २०७५ जेठ २ गतेको मात्रै नभएको बताएका छन् ।
प्रज्ञा भवनमा जिल्ला कमिटी काठमाडौंले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, वागमती प्रदेश मुख्यमन्त्री अष्टलष्मी शाक्य, इन्चार्ज रामबहादुर थापा बादललगायतका नेताहरूले सम्बोधन गर्दैछन् ।
“१० बुँदे सहमति सुझावको रुपमा आयो । पार्टी केन्द्रले यही स्प्रिटका साथ स्वीकार गरिएको हो । त्यहाँ उल्लेखित सुझावलाई सिर्जनात्मक र रचनात्मक ढंगले लागु गर्ने हाम्रो प्रतिबद्धता हो र त्यो प्रतिबद्धताबाट पार्टी नेतृत्त्व पछि हट्दैन्,” उनले भने, “ आजको एमाले जेठ २ गतेको एमालेमात्रै होइन । विकसित र एकता प्रक्रियासहितको एमाले हो भनेर बुझ्नुपर्छ । यान्त्रिक ढंगले २०७५ जेठ २ गते मात्रै भनियो भने साँचो अर्थमा विकसित भएको एमालेलाई बुझ्न सकिँदैन ।”
महासचिव पोखरेलले जेठ २ को बुझाइमा एक रुपता हुनुपर्ने बताए ।१० निर्वाचन क्षेत्र र ११ स्थानीय तह रहेको काठमाडौंमा एमालेको वर्चश्व छ ।