होमपेज / राजनीति
काठमाडौं । अष्टलक्ष्मी शाक्यले माधव नेपालले लिएको बाटो ठिक नभएको बताएकी छन्। बिहीबार एमाले काठमाडौं जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै उनले नेपालले लिएको बाटो गलत भन्दै मूल पार्टीमा फर्किएर आउन आग्रह गरिन् ।
“माधव नेपाल हामी सबैको नेता हो । माधव नेपाल हाम्रो अग्रज हो । उहाँले त्यही ढंगले काम गर्नुभएको छ । आफूले त्याग गरेको, दुःख गरेको, जन्माएको पार्टी चटक्क त्यागेर नयाँ पार्टी गठन गरेर जनमत सिर्जना गर्छु भनेको कुरा सही हुन सक्दैन,” उनले भनिन्, “म अनुरोध गर्न चाहन्छु उहाँलाई आफूले दुःख गरेको पार्टी, आफूले त्याग गरेको, जन्माएको पार्टी, हामी सबै नेताहरू लागेको पार्टीमा एकचोटि मनमनमा समीक्षा गर्नुस्, फर्किएर आउनुस् । एमालेलाई सुदृढ एमाले बनाउनका लागि तपाईंको भूमिका आवश्यक छ ।”
अब एमाले कहिल्यै पनि विभाजन हुन नहुने बताइन्। उपाध्यक्ष शाक्यले १० बुँदे सहमति अक्षरस पालना गर्न नेतृत्वलाई आग्रह पनि गरिन्। ‘हामी २ जेठ २०७५ मा फर्किएका छौँ । अन्तरपार्टी निर्देशन पनि जारी भएको छ । यसको अक्षरस पालना गरेर अघि बढ्न म नेतृत्व तहका कमरेडहरूलाई पनि आग्रह गर्छु। विभाजन र अलग-अलग भएर कसलाई फाइदा भयो र?,' उनले भनिन्।