ट्रेण्डिङ

होमपेज / राजनीति

वित्त व्यवस्थापन सवाल चुनौती र अन्तरसरकार समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेश स्तरीय स्थानीय सरकार

नेपालगाथा २०७८ भाद्र ३१ गते बिहीबार ११:४६:५० मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश स्तरीय स्थानीय सरकारमा सार्वजनिक वित्त व्यवस्थापन सवाल चुनौती र अन्तरसरकार समन्वय विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले कर्णाली प्रदेशको आवश्यकता अनुसारको विशिष्टीकृत छलफल गर्न सकेमा कार्यक्रम अझै सान्दर्भिक हुने बताउनुभयो । यसै गरी मन्त्री शर्माले मन्त्रालयले योजना बनाउने कामलाई तालिकाअनुसार नै लैजानका लागि प्रयत्न गरिरहेको जानकारी दिनुभयो ।

योजना स्थानीय तहमुखी बनाउनका लागि मन्त्रालय लागिरहेको जानकारी दिदै मन्त्री शर्माले स्थानीय पालिकाले योजना बनाउँदाखेरी आवश्यकताका अनुसार योजना बनाएर पठाउन समेत अनुरोध गर्नुृभयो ।  योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्काले सार्वजनिक वित्त व्यवस्थापनका दर्शन, सिद्धान्तहरु तपाईहरुको कार्यकालको शुरुमा नै भएको भए बेरुजु अहिलेको अंक भन्दा धेरै घट्ने थियो भन्ने लागेको बताउनुभयो । साथै उहाँले स्थानीय पालिकाले गरेको अहिलेको सिकाइबाट आउने नेतृत्वलाई सहज हुने बताउनु भयो । 

स्थानीय तहलाई वित्त व्यवस्थापनका सवालमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कर्णाली प्रदेशका स्थानीय पालिकाका अध्यक्ष, उपाध्यक्षहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top