ट्रेण्डिङ

होमपेज / राजनीति

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित

नेपालगाथा २०७८ भाद्र २९ गते मंगलबार १८:५९:२४ मा प्रकाशित

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन भएको छ । प्रदेशसभा सचिवालयले बुधबारका लागि बोलाइएको नवौँ अधिवेशनको पाँचौँ बैठक सभामुखको निर्देशनमा आज सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ । अर्को बैठक यही भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार दुई पटक स्थगन भइसकेको छ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top