ट्रेण्डिङ

होमपेज / राजनीति

गण्डकी प्रदेश सभा बैठक आज बस्दै

नेपालगाथा २०७८ भाद्र २९ गते मंगलबार १२:५०:५० मा प्रकाशित

काठमाडौँ । दुई महिनापछि आज (मंगलबार) दिउँसो १ बजे गण्डकी प्रदेश सभा बैठक बस्दै छ । गत असार ३० गते मार्शल लगाएर बजेट पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक आज बस्न लागेको छ । आजको बैठकमा सबै दलको तर्फबाट भनाइ राख्ने र मुख्यमन्त्री पोखरेलले त्यसको जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा आमसञ्चार विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक, प्राइभेट फर्म दर्तासम्बन्धी विधेयक र बालबालिकासम्बन्धी विधेयक प्रस्तुत हुने संसद् सचिवालयले जानकारी गराएको छ। बजेटप्रति असहमतिका कारण प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच बजेट पारित भए पनि फेरि बैठक बस्न सकेको थिएन ।

पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले ल्याएको बजेटका योजना काटिएको, अघिल्लो सरकारका महत्त्वपूर्ण योजनालाई कम प्राथमिकतामा नराखिएको लगायतको विमति राख्दै त्यो नसच्याएसम्म फेरि बैठक चल्न नदिने एमालेले अडान लिँदै आएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top