ट्रेण्डिङ

होमपेज / राजनीति

संवादमा आउन एमालेलाई सभामुखको आग्रह

नेपालगाथा २०७८ भाद्र २७ गते आइतबार १४:२४:०२ मा प्रकाशित

काठमाडौं। सभामुख अग्नि सापकोटाले संसद् बैठकमा अवरोध नगर्न विपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् । आज (आइतबार) को बैठकमा पनि एमाले सांसदले अवरोध जारी राखेपछि बैठकमा अवरोध नगरी वार्ताको टेबलमा बसेर निकास खोज्न आग्रह गरेका हुन् । तर नेकपा एमालेले सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको भन्दै वेल घेराउ गरेको छ ।

‘सहकार्य र समन्वय गर्नैपर्छ । बैठक सहज बनाऔं’, उनले भने, ‘संवादतिर जाऔं । वातावरण सहज बनाऔं । जनताको सर्वोच्च संस्थालाई त्यही थलोको रुपमा अघि बढाऔं ।’ आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्ने बित्तिकै एमाले सांसदहरू आसनबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेर अवरोध गरेपछि समस्या समाधानका लागि सभामुख सापकोटाले संवादमा आउन आग्रह गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top