ट्रेण्डिङ

होमपेज / राजनीति

रहेनन् संविधानसभा सदस्य एवं कांग्रेस नेता महतो

नेपालगाथा २०७८ भाद्र २७ गते आइतबार १२:००:१४ मा प्रकाशित

सुदूरपश्चिम । नेपाली कांग्रेस कैलाली जिल्लाका नेता मानबहादुर महतोको ७४ वर्षका उमेरमा निधन भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–९ वनवर्सा गाउँ निवासी महासमिति सदस्य उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो। रक्तचापका कारण अचानक छाती दुखेपछि उनलाई उपचारका लागि सो मेडिकल कलेज पुर्‍याइएको थियो।

पञ्चायतकालदेखि नै कांग्रेसको राजनीतिमा लागेका महतो कैलाली कांग्रेसका लोकप्रिय र निष्ठावान नेता थिए।  कांग्रेसका नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा तत्कालीन संविधानसभाका सदस्य उनको महत्वपूर्ण योगदान रहेको कांग्रेसका नेता रामजनम चौधरीले बताए।

उनका श्रीमती तीन छोरा र तीन छोरी छन्। स्व महतोको स्थानीय पथरैया नदी किनारको सोनपुरघाटमा आजै अन्तिम संस्कार गर्न लागिएको कांग्रेसका क्षेत्रीय सभापति भक्त थापाले जानकारी दिए। रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top