ट्रेण्डिङ

होमपेज / राजनीति

राष्ट्रिय सभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

नेपालगाथा २०७८ भाद्र २५ गते शुक्रबार १३:४७:५५ मा प्रकाशित

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस गरेका छन् । शुक्रबार दिउँसो बसेको बैठकमा गृहमन्त्री खाँणले अध्यादेश पेस गरेका हुन् ।

अध्यादेश पेस गर्ने बेला एमालेका राष्ट्रिय सभा सदस्यहरुले उभिएर विरोध जनाएका थिए । राष्ट्रिय सभाले संविधानसभा सदस्यहरू जेबी टुहुरे र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आगामी बैठक भदौ २८ गते बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभालाई जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top