ट्रेण्डिङ

होमपेज / राजनीति

कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा

नेपालगाथा २०७८ भाद्र २५ गते शुक्रबार ०९:०८:१० मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा राजीनामा पत्र बुझाएका हुन् । ‘मैले राजीनामा दिइसकेको छु’, संयोजक यादवले भने, ‘अब के हुन्छ, त्यो पार्टीले जान्ने कुरा भयो ।’

निर्वाचनले लामो समय लिएकाले आफूले राजीनामा दिएको उनको भनाइ छ । ‘यति धेरै समय लाग्छ भन्ने थाहा भएको भए म सुरुमै यो जिम्मेवारी लिने थिइनँ । मेरो मुख्य पेसा वकालत हो । लामो समय यता खर्चंदा मेरो मूल पेसा छायाँमा परेकाले मैले राजीनामा दिएको हुँ’, उनले भने ।

कांग्रेसले भदौ १८ गते देशका छ हजार ७४३ वडामा एकैदिन वडा अधिवेशन गर्ने भने पनि ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन सकिएको छ । २१ जिल्लामा अधिवेशन सुरु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top