ट्रेण्डिङ

होमपेज / राजनीति

एमसीसी खारेजीको माग गर्दै २२ संगठनको प्रदर्शन

नेपालगाथा २०७८ भाद्र २३ गते बुधबार १६:०७:५४ मा प्रकाशित

काठमाडौं । एमसीसी खारेजीको माग गर्दै विभिन्न २२ राजनीतिक दल सम्वद्ध संघ संगठनले प्रदर्शन गरेका छन् । २२ दलीय संगठनका नेता कार्यकर्ताहरु बुधबार मध्यान्ह माइतीघर मण्डलामा भेला भएर एमसीसी खारेज गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेकपा (माले), नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा लगायतका नेता कार्यकर्ताहरु सहभागी भएका थिए ।

त्यसक्रममा उनीहरुले ‘एमसीसी खारेज गर,एमसीसीविरुद्ध आवाज उठाउनेहरुमाथिको धरपकड बन्द गर जस्ता नारा लगाएका थिए । सरकारले एमसीसी सम्झौता सदनमा पेश गर्ने तयारी गरिरहेका बेला सडकमा त्यसविरुद्धको प्रदर्शन चर्कंदै जान थालेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top