ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा एमाले हुम्लाको जिल्ला भेला सिमकोटमा शुरु

नेपालगाथा २०७८ भाद्र १८ गते शुक्रबार १४:४३:१६ मा प्रकाशित

सिमकोट । नेकपा एमाले हुम्लाको जिल्ला भेला सिमकोटमा शुरु भएको छ । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट फागुन २३ गते सर्वोच्चको फैसाला पश्चात पहिलेकै अवस्थामा पुगेको नेकपा एमाले हुम्लाको पहिलो पटक जिल्ला भेला जिल्ला समन्वय समितिको सभाकक्षमा शुरु भएको एमाले उपाध्यक्ष ज्ञामी बुमीले जानकारी दिए । उनका अनुसार जिल्लाका सातवतटै गाउँपालिका र ४४ वटै वडाका जनप्रतिनिधि, पार्टी कमिटिका पदाधिकारी, जिल्ला कमिटि सदस्य, प्रदेश कमिटि सदस्य, जनवर्गिय संगठनका पदाधिकारीहरुको सहभागितामा जिल्लाको भेला शुरु भएको हो ।

पछिल्लो समय पार्टीमा आएको विभाजनको समिक्षा गर्ने र पार्टीका कमिटिहरुलाई एकतावद्ध गर्न र अन्तरपार्टी निर्देशन १२ अनुसार पार्टीका गतिविधिलाई अघि बढाउन पार्टीको भेला आयोजना गरिएको हो । पार्टीले सबै कमिटिलाई २०७५ जेठ २मा फर्काउने निर्णय गरेसँगै सबै कमिटिका गतिविधि अघि बढाउन र पार्टी केन्द्रिय कमिटिको निर्णय अनुसार सबै तहका कमिटिको अधिवेशनको तयारीका विषयमा भेलाले आवश्यक निर्णय लिने एमाले प्रदेश कमिटि सदस्य दल फडेराले जानकारी दिए ।

भेलामा एमाले पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश कमिटिका कार्यबहाक सचिव गोरख बोगटी, प्रदेश कमिटि सदस्यहरुको सहभागिता रहेको छ । बैठक पार्टी अध्यक्ष दल रावलको अध्यक्षतामा बसेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top