ट्रेण्डिङ

होमपेज / राजनीति

रामचन्द्र पौडेलको आह्वान- स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन सफल पारौँ

नेपालगाथा २०७८ भाद्र १८ गते शुक्रबार १२:४५:५७ मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् । कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने उनले बताएका हुन् । वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसभित्र सवल नेतृत्व आवश्यक रहेको जनाउँदै आत्माको पुकार सुनेर निर्णय गर्न आम नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे । पार्टीको आजदेखि वडा अधिवेशन शुरू भएको छ । रासस।

प्रतिक्रिया

सम्बन्धित खवर

Top