ट्रेण्डिङ

होमपेज / राजनीति

भदौ १७ गतेको लागि बोलाएको बैठक स्थगित

लुम्बिनी प्रदेश सभा

नेपालगाथा २०७८ भाद्र १६ गते बुधबार १५:०५:४९ मा प्रकाशित

बुटवल। लुम्बिनी प्रदेश सभाको भदौ १७ गतेको लागि बोलाएको बैठक स्थगित भएको छ । बैठक भदौ ३० गतेसम्म लागि स्थगित भएको प्रदेश सभा सहप्रवक्ता तथा सूचना अधिकारी विमला पौडेलले बताइन् । यसअघि प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको हो।

भदौ १८ गते नेपाली काँग्रेसको अधिवेशनसमेत रहेकाले र प्रमुख प्रतिपक्ष दल एमालेसँग बैठक चलाउने विषय सहमति नजुटेका कारण स्थगित गर्नुपर्ने हो । विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्ध गर्ने अडान कायम राखेको एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले रातोपाटीलाई बताए । 

नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालीन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको त्यो उक्त अडान अझै कायम रहेको चौधरीको भनाइ छ । एमालेका सांसदहरू मुख्यमन्त्री कुलप्रसाद केसी ले विश्वास मत बेला पनि सदनमा उपस्थिति जनाएको थिएन।

प्रतिक्रिया

सम्बन्धित खवर

Top