ट्रेण्डिङ

होमपेज / राजनीति

प्रधानसेनापतिको नियुक्ति पत्र प्रभुरामले बुझे

नेपालगाथा २०७८ भाद्र १६ गते बुधबार १४:१०:१० मा प्रकाशित

काठमाडौं । नेपाली सेनाका कायममुकायम रथी प्रभुराम शर्माले प्रधानसेनापतिको नियुक्ति पत्र बुझेका छन् । रक्षा मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्यालले शर्मालाई नियुक्ति पत्र प्रदान गरे । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २४ बाट लागू हुने गरी शर्मालाई सेनापतिमा नियुक्त गरेकी थिइन् ।

नियुक्ति पत्र दिँदै रक्षासचिव पौड्यालले शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

अहिलेका सेनापति पूर्णचन्द्र थापाले भदौ २५ गते अवकाश पाउँदैछन् । अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलनअनुसार थापा हाल बिदामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top