होमपेज / राजनीति
सुर्खेत । नेकपा एमाले मुगुका सस्थापक, केन्द्रीय सदस्य चन्द्रबहादुर शाही एमालेमै रहेका छन् । कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका उनलाई माधव नेपालको नयाँ दलमा केन्द्रीय सदस्यमा राखिएको थियो । तर आज उनी निर्वाचन आयोगमा अनुपस्थित भएसँगै उनी एमालेमै रहेको पुष्टि भएको हो ।
‘उहाँलाई पहिले सदस्य राख्दा सोधिएको पनि थिएन । उहाँ जहिल्यै एकताको पक्षमा हुनुहुन्थ्यो’, उनी निकट एक कार्यकर्ताले भने, ‘उहाँ एमालेमै हुनुहुन्छ ।’ कर्णालीमा पन्ध्र सदस्य रहेकोमा तीनजनाले मात्र सनाखत गरेका छन् । सनाखत गर्नेमा प्रकाश ज्वाला, शेरबहादुर केसी र हसबहादुर शाही रहेका छन् ।